नियम
पूँजी वृद्धि, क्षमता वृद्धि वा उद्देश्य थप वा परिवर्तन गर्दा स्वीकृति लिनुपर्ने
(१) कुनै उघरोगले आफ्नो विद्यमान पूँजी वृद्धि, क्षमता वृद्धि वा उद्देश्य थप वा परिर्वतन गर्नको लागि ऐनको दफा १२ को उपदफा: (१) बमोजिम स्वीकृति लिन चाहेमा देहायका कागजात र विवरणसहित अनुसूची-१२ बमोजिमको ढाँचामा उद्योग दर्ता गर्ने निकाय समक्ष निवेदन दिनु पर्नेछ:-

(क) अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन,

(ख) अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, (ग) अनुसूची-१३ बमोजिमको उद्योगको अद्यावधिक विवरण,

(घ) उद्योगको पूँजी वृद्धि, क्षमता वृद्धि वा उद्देश्य थप वा परिर्वतन: गर्ने सम्बन्धमा सम्बन्धित कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरेको भएमा सोको प्रतिलिपि,

(ङ) साझेदारी फर्म भए साझेदार बीचको सम्झौताको “प्रतिलिपि,

(च) प्रचलित; कानून बमोजिम कुनै निकायको सिफारिस आवश्यक पर्ने भए सम्बन्धित निकायको सिफारिस पत्र,

(छ) वातावरणीय अध्ययन प्रतिवेदन आवश्यक पर्ने उद्योगको हकमा प्रचलित कानून बमोजिम स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन ।

(२) उपनियम (१) बमोजिम प्राप्त निवेदनसाथ पेश भएको कागजात र विवरणउपर जाँचबुझ गर्दा निवेदनलाई पुष्ट्याईँ गर्ने कुनै- थप विवरण वा कागजात आवश्यक भएमा उद्योग दर्ता गर्ने निकायले त्यस्तो कागजात र विवरण निवेदकसँग: माग गर्न सक्नेछ।

(३) उपनियम (२) बमोजिम माग भएको कागजात र बिवरण निवेदकले सात दिनभित्र उद्योग दर्ता गर्ने निकायमा बुझाउनु पर्नेछ। (४) उपनियम (१) बमोजिमको निवेदन, कागजात र विवरण उपर जाँचबुझ गर्दा उद्योगको स्थलगत निरीक्षण गर्न आवश्यक देखिएमा उद्योग दर्ता गर्ने निकायले त्यस्तो “उद्योगको स्थलगत निरीक्षण गरी वा गराई सोको प्रतिवेदन लिन सक्नेछ।

(५) उपनियम (१) र (३) बमोजिम प्राप्त निवेदन, विवरण तथा कागजात र उपनियम (४) बमोजिमको स्थलगत निरीक्षण प्रतिवेदन समेतको आधारमा स्वीकृति दिन मनासिब देखिएमा उद्योग दर्ता गर्ने निकायले, ऐनको दफा १२ को उपदफा (२) बमोजिम उद्योगको विद्यमान _पूँजी वृद्धि, क्षमता वृद्धि वा उद्देश्य थप वा परिर्वतन गर्न स्वीकृति दिनु पर्नेछ।